पश्चिम नेपालको धवलागिरी अंचलको ४ जिल्लाहरु मद्दे पर्वत जिल्ला सबै भन्दा सानो जिल्ला हो | धौलागिरी अन्चलका ४ जिल्लाहरु पर्वत, बाग्लुंग, म्याग्दी र मुस्तांग हुन् | यहाँ विभिन्न जातजातिको मिश्रित बसोबास रहेको छ जस्तै ब्राम्हण, क्षेत्रि,गुरुङ,मगर,मल्ल ठकुरी,नेवार तथा उत्पीडित जातिहरु आदि | पर्वत जिल्ला साक्षरता र चेतनाको हिसाबले अरु जिल्लाहरु भन्दा धेरै अगाडी रहेको जिल्ला हो | तेसो त ७५ जिल्ला मद्दे पनि पर्वत जिल्ला सक्षरता र चेतनाको हिसाबले औंला गन्तीमा नै पर्ने जिल्ला हो | नेपालका अन्य पहाडी जिल्ला जस्तै भौगोलिक अवास्था भएको यस पर्वत जिल्लाको साक्षरता ६५% भन्दा माथि रहेको छ | यस जिल्ला विकासका पूर्वाधारको दृस्टीकोणले हेर्ने हो भने पनि धेरै अगाडी रहेको पाइन्छ |
४ सय ९४ वर्गकिलोमिटर क्षेत्रफ़ल ओगटेको यस सुन्दर सानो जिल्लामा केहि कृष्ण गण्डकीले बनाएको पाँगो मातोयुक्त चर्चित उर्बर फाँटहरु पनि छन् | जस्तै पांग, फलेवास, तल्लो बाच्छा, बिहादी,श्रीकंग आदि छन् | करिव कृष्ण गण्डकीको तटवर्ती यस जिल्ला प्राकृतिक साधन श्रोतले पनि धनि छ | जस्तै कृष्ण गण्डकी, मोदीखोला आदि जलबिद्दुतको लागि अत्यन्त ठुला श्रोतहरु हुन् | विभिन्न ठाउँमा वग्ने बाह्रै महिना राम्रो पनि बग्ने अन्य थुप्रै खोलाहरु पनि छन् जसबाट माइक्रो हाइड्रो पावर संचालन गर्न सकिन्छ | यसको अलवा विभिन्न ठाउँमा फलामखानी, तामाखानी रहेको पाइन्छ | कृष्ण गण्डकी अहिलेसम्म सुन र सालिग्राम पाइने नदीको रुपमा चिनिन्छ |
पछिल्लो जनगणना अनुसार १ लाख ५६ हजार ८ सय २६ जनसंख्या रहेको यस जिल्लाको सदरमुकाम कुस्मा बजार हो | जिल्लाका ५४ वटा गा.बि.स. लाइ कच्ची सडकले जोडेको छ | पर्वत जिल्ला बाग्लुंग पोखरा सडकले पनि सदरमुकाम लगाएत केहि गा. बि. स. मा राम्रो यातायातको सुबिधा प्रदान गरेको छ | मोदीखोला जल्बिद्दुत संचालनमा आए देखी बिद्दुतिकरणमा पनि तिब्रता आएको छ |
"शुभकामना नयाँ वर्षा २०१०"
हिजोको एउटा नयाँ वर्ष पुरानो वर्ष भएर बिदा हुदै छ हामी एउटा अर्को नयाँ वर्षको स्वागतमा छौ थाहा छैन यो वर्ष कति सुख हुने हो शुभकामनाको ओतले थेग्ने हुनकी होइनन आकस्मिक दुर्घटनालाई फेरी बिगत झैँ चुलिने हो कि भ्रष्टचारीको हिमाल, सत्तालिप्सा, हिंसा, अशान्ति, अनाहक फेरी दन्किने होकी, अपहरण र जघंनय अपराधहरुको आगो झनै दन्किने हुनकी/ कामना गरौ यो नयाँ वर्ष रगत र धुवाँको हैन हासो र खुसि अनि फुल र बस्न भएर आओस, युद्ध होइन बुद्ध भएर आओस / स्वार्थ मोहबाट मुक्त होस् यो नयाँ वर्ष / हाम्रो देश हिमालको काखमा लाली गुराँसको सिरानी हालेर सुत्न सकियोस निर्धक्क/ मिठो प्रलोभन र सपना संगै वनिताहरुमा नफसुन, छली र जाली मान्छेहरुको चक्र ब्युमा जसको जीवन अभिशापित नबनोस/ यो नयाँ वर्षले नछोओस महंगीको हिमाल, सिर्जनशील सृष्टाहरुले फलाउन सकून साहित्यिक गरामा आफ्ना उत्कृष्ठ कृतिहरु/ यो वर्ष समग्रहमा उपलब्धि र प्राप्तिको वर्ष होस्, शान्ति र आनन्दको वर्ष होस् / यसरी नै अर्को वर्ष सुखत अनुभूति संगै बिदा गर्न पाइयोस, यो बर्षलाई/ खुइय! निराश भएर होइन उपलब्धिको उत्कृष्ठ बर्ष घोषणा गर्न पाइयोस यो बर्षलाई/ धर्कपटको जालमा नफसी साथीहरुको बिधाई संगै फुलको मालामा स्वदेश फर्कनु पाइयोस/ यहि नै शुभकामना नयाँ वर्षा २०१० को स्वदेश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपालीहरुमा !!!!
संसार पुन, साउथ कोरिया